मुख्य समाचार

प्रहरीमा २५ हजार कर्मचारी आवश्यक

- केएफएम डेस्ककाठमाडौं

जेन जी आन्दोलनपछि विकसित घटनाक्रम र आसन्न निर्वाचनमा सुरक्षा चुनौतीलाई लिएर चासो व्यक्त भइरहेका बेला नेपाल प्रहरीले आफूसँग पर्याप्त जनशक्ति नभएको बताएको छ ।

७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङले आफू मातहत २५ हजार प्रहरी कर्मचारी आवश्यक भएको बताउनुभयो । नागरिकस्तरबाट माग भए अनुसार सुरक्षा व्यवस्था बलियो बनाउन जनशक्ति थप गर्नुपर्ने अवस्था भएको उहाँको भनाइ थियो ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ४ सय ६५ मध्ये ४ सय १ वटा कार्यालय सञ्चालनमा ल्याइएको छ ।

महानिरिक्षक खापुङले राज्यले प्रदान गरेको जिम्मेवारी र आधारभूत दायित्व पुरा गर्न प्रहरी संगठन प्रतिवद्ध भएको बताउनुभयो । प्रहरीको मनोवल बढाउन सांगठनिक सुदृढीकरण र आधुनिकीकरणमा ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।