अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सीसँग भेट्ने
- काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङसँग दक्षिण कोरियामा भेट गर्ने हुनु भएको छ । आगामी अक्टोबर ३० मा राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुने एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलन एपेकमा भेट गर्ने ह्वाइट हाउसले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
सी र ट्रम्पबीचको भेटका लागि हप्तौं देखि वार्ता चलिरहेपनि दुई ठूला अर्थव्यस्था भएका मुलुकबीच तनाव बढेपछि छलफल रोकिएको समाचारमा उल्लेख छ । ट्रम्प राष्ट्रपति बनेपछि दुवै राष्ट्र प्रमुख पहिलो पटक आमनेसामने हुन लागेका हुन् । अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको शहर ग्वेङजुमा सो सम्मेलन हुन लागेको हो ।