मुख्य समाचार

छठपछि शान्तिपूर्ण आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं

हिन्दूराष्ट्रको पक्षमा अभियान चलाउँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशभर एकसाथ शान्तिपूर्ण आन्दोलन गर्ने बताउनुभएको छ । गत चैत १५ गतेको आन्दोलनमा भएको तोडफोड र आगजनीमा आफू दोषी नभएको भन्दै प्रसाईँले अबको आन्दोलन शान्तिपूर्ण हुने बताउनुभएको हो । काठमाडौंमा आज सञ्चारकर्मीसँगको संवादमा प्रसाईंले छठपछि आन्दोलन गर्ने तयारी गरेका उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान व्यवस्था परिवर्तन गर्न आन्दोलन गर्नु परेको जिकिर गर्नुभयो । जेन जी आन्दोलनका क्रममा आफू सहभागी नभएको उहाँको भनाइ छ । अबको आन्दोलन पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म गरिने प्रसाईंले जानकारी दिनुभयो ।

प्रसाईंले आन्दोलनका कार्यक्रम केही दिनपछि सार्वजनिक गर्ने बताउनुभएको छ । आन्दोलन गर्ने तयारीपछि सरकारले प्रसाईंलाई सम्वादमा आउन आग्रह गरिसकेको छ ।