फागुनमा हुने निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
- काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आग्रह गर्नु भएको हो । शुभकामना सन्देशमा भनिएको छ, आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।”
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै जुट्नुपर्ने बेला भएको सन्देशमा उल्लेख छ ।