मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशनका लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा समेत केन्द्रीत हुने नेताहरुले बताएका छन्।

यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसयता खड्काको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।