मुख्य समाचार

संसद् पुर्नस्थापनाको पक्षमा कांग्रेसको हस्ताक्षर अभियान शुरु

- केएफएम डेस्ककाठमाडौं

नेपाली कांग्रेसका निवर्तमान सांसदहरुले संसद् पुर्नस्थापनाको पक्षमा हस्ताक्षर अभियान शुरु गरेका छन् । 

सो पार्टीले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरिनसकेको अवस्थामा विघटित प्रतिनिधिसभाका सदस्यहरुले संसद पुर्नस्थापनाका लागि हस्ताक्षर संकलन शुरु गरेका हुन् । 

नेता श्यामकुमार घिमिरेले संसद् पुनस्र्थापना गर्ने वा निर्वाचनमा जाने भन्नेबारे निर्णय नभएकाले संसद पुर्नस्थापनको पक्षमा हस्ताक्षर अभियान शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार हस्ताक्षर पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिनेछ ।

यसअघि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकार गठन र संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो । पार्टीले संसद पुर्नस्थापनाको पक्षमा निर्णय गरेमा न्यायालय जानुपर्ने अवस्थाका लागि हस्ताक्षर संकलन थाले को बताइएको छ ।