भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित
- काठमाडौंविभिन्न दल र समूहबीच एकता भई गठन भएको नेपाली कम्युनिष्ट पार्टीमा भीम रावल पनि समाहित हुनुभएको छ ।
केही समयअघि एमाले त्यागेर मातृभूमि जागरण अभियान नेपालको संयोजक बनेका रावललाई नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले पार्टीमा स्वागत गरेका हुन् । नयाँ पार्टीमा समाहित भएको बताउँदै उहाँले आफ्ना नेता कार्यकतालाई उच्च मनोबलका साथ सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो ।
यसैबीच, सो कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले चुनाव जित्नका लागि मात्रै आफूहरुले एकता नगरेको जिकिर गर्नुभयो ।
यस्तै, कार्यक्रममा पार्टीका सहसंयोजक नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेकपा गठनले कतिपयको होस गुमेको टिप्पणी गर्नुभयो
उहाँले आफूहरुको एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको दाबी समेत गर्नुभयो ।