मुख्य समाचार

भड्काउपूर्ण अभिव्यक्ति दिने व्यक्तिलाई तत्काल कारबाही हुन्छः प्रधानमन्त्री कार्की

- केएफएम डेस्क काठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले चुनावका बेला द्वेषपूर्ण र भड्काउ अभिव्यक्ति दिने व्यक्तिहरूप्रति शून्य सहनशीलताको नीति लिइने बताउनुभएको छ ।

नागरिक अगुवा र प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले भड्काउपूर्ण अभिव्यक्ति दिने व्यक्तिलाई तत्काल कारबाही हुने बताउनुभयो । उहाँले निर्वाचनको वातावरण बनाउन सरकारले काम गरिरहेकाले समाज भड्काउने अभिव्यक्ति दिनेहरूमाथि कारबाही हुने जिकिर गर्नुभयो। प्रधानमन्त्री कार्कीले त्यस्ता अभिव्यक्ति दिनेहरूलाई नागरिक तहबाट खबरदारीको पनि आवश्यकता रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले लोकतन्त्र रक्षाका लागि नागरिकसँग राज्यले साझेदारी गर्नुपर्ने उल्लेख गर्नुभयो । अर्को प्रसंगमा प्रधानमन्त्री कार्कीले संवैधानिक अडान, प्रशासनिक तयारी र बढ्दो युवा असन्तुष्टिको मोर्चामा संघर्ष गरिरहनुपरेको धारणा व्यक्त गर्नुभयो ।