मुख्य समाचार

प्रधानमन्त्री सुशीला कार्कीले दलका नेताहरुसँग छलफल गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग आज छलफल गर्दै हुनुहुन्छ । दलका नेताहरुलाई सरकारका काम कारवाहीका बारेमा जानकारी दिन आज अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फागुन २१ को निर्वाचनका लागि दलहरु दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि प्रधानमन्त्री कार्कीले सबैसँग संयुक्त छलफल गर्न लाग्नु भएको हो । यसअघि, प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्नु भएको थियो ।