सिमरा घटनामा संयमता अपनाउन मानवअधिकार आयोगको आग्रह
काठमाडौंकाठमाडौं
राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन र सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले संयमता अपनाई स्थितिलाई सामान्य बनाउने कार्यमा सहयोग गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।
सिमरामा प्रदर्शन चर्किएपछि प्रहरीले आज ६ सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको थियो । सो क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी वेदप्रकाश जोशीले आधा दर्जन प्रहरी घाइते भएको बताउनुभयो । प्रदर्शनकारीतर्फ भने प्रहरीको लाठीचार्जबाट २ जना घाइते भएको जेन–जीका संयोजक सम्राट उपाध्यायले बताउनुभयो ।