पदाधिकारी तहका नेताको विमत्तिबीच एमालेमा “युथ भोलेन्टियर फोर्स” गठन
- काठमाडौंजेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले निर्वाचनको तयारी अघि बढाएका बेला एमालेले नयाँ युवा दस्ता घोषणा गरेको छ । पार्टीका पदाधिकारी तहका नेताहरुको विमत्तिबीच एमालेले युथ भोलेन्टियर फोर्सको गठन गरेको हो । काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्म मार्चपास गरी एक पार्टी प्यालेसमा सो फोर्सको घोषणा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गरिएको एमालेले जनाएको छ । घोषणासभामा बोल्दै ओलीले स्वार्थ समूहको योजनालाई प्रतिकार गर्न फोर्सको गठन गरिएको बताउनुभयो ।
अन्तरिम सरकारप्रति असन्तुष्ट देखिदै आएका एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिलाई लिएर टिप्पणी गर्नुभएको छ । चुनाव नभए अर्को विपत्ति आउने कार्कीको अभिव्यक्तिलाई लक्षित ओलीले असन्तुष्टी जनाउनु भएको हो ।
एमालेका नेताहरुले जेनजी आन्दोलनका क्रममा भएका क्षतिग्रस्त संरचनाको पुनःनिर्माण लगायतमा नयाँ दस्ता केन्द्रीत हुने दावी गरेका छन् । एमाले नेता महेश बस्नेतले प्रहरीको मनोवल उठाउनेसहितको काम गरिने दावी गर्नुभयो ।
नवगठित फोर्सको नेतृत्व युवा नेता पुष्पराज श्रेष्ठलाई दिइएको छ । यसैबीच, अपराधिक गतिविधिमा संलग्न श्रेष्ठलाई युवा दस्ताको नेतृत्व दिइएको भन्दै विरोध शुरु भएको छ ।