मुख्य समाचार

महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने ईश्वर पोखरेलको घोषणा

काठमाडौं

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यही मंसिर अन्तिम साता हुने महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ । अघिल्लो सातामा पार्टी सचिवालय बैठकमा आफू नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जानकारी गराएका पोखरेलले आज वक्तव्य जारी गर्दै अध्यक्षमा लड्ने घोषणा गर्नुभएको हो ।

 चार पृष्ठको वक्तव्यमा उहाँले कुनै व्यक्ति विशेषलाई लक्षित गरेर आफ्नो उम्मेदवारी नहुने समेत बताउनुभएको छ । वर्तमान अध्यक्ष केपी ओलीले तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेका बेला पोखरेलले उहाँलाई चुनौती दिन लाग्नुभएको हो । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले औपचारिक कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने भनिएपनि केही दिनका लागि थाँति राखिएको बताइएको छ । अध्यक्ष ओलीले पोखरेलको उम्मेदवारी घोषणा कार्यक्रमलाई लिएर असन्तुष्टि जनाएपछि पोखरेलले वक्तव्यमार्फत् अध्यक्षमा उठ्ने घोषणा गर्नुभएको एक नेताले बताए । पूर्व राष्ट्रपति विद्या भण्डारीको समर्थनमा प्यानल नै बनाएर वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।