अन्य प्रदेशमा पनि सत्ता समीकरण फेरिने नेकपाका संयोजक दाहालको दावी
काठमाडौंनेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मधेस प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि सत्ता समीकरण फेरिने दावी गर्नुभएको छ । जनकपुरमा आयोजित पार्टी कार्यक्रममा बोल्दै दाहालले परम्परागत समीकरण भत्काएर मधेसले नयाँ सन्देश दिएको समेत बताउनुभयो ।
अर्को प्रसंगमा दाहालले वामपन्थी एकताका लागि थप दलहरुसँग पनि पहल हुने बताउनुभयो । एमालेका नेताहरुसँग पनि एकताका लागि छलफल गरिने दाहालको भनाइ थियो ।
विभिन्न दलसँगको एकीकरणपछि नेपाली कम्युनिष्ट पार्टीले प्रदेश तहमा एकता सन्देश सभा गर्दै आएको छ । यसैक्रममा आज मधेस प्रदेशको जनकपुरमा सभा गरिएको हो ।