फागुन २१ को निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आग्रह
- काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाको स्थापना दिवस कार्यक्रमलाई सम्बोध गर्दै राष्ट्रपति पौडेलले युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई पूरा गर्न निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको हो । सामाजिक न्यायसहित सुशासनका माध्यमबाट मुलुकलाई अघि बढाउन निर्वाचनमा जार्नुपर्ने पौडेलले बताउनुभयो ।
मुलुकमा देखा परेको विद्यामान समस्याको समाधानका लागि नागरिकको अभिमत लिनु लोकतन्त्रको उच्चतम विधि भएको राष्ट्रपति पौडेलले बताउनुभयो । मुलुकको भाविष्य निर्माणको जिम्मेवारी अहिलेको पुस्तामा आएको जनाउँदै राष्ट्रपति पौडेलले नयाँ सोच, शैली र विचारको आवश्यकता रहेको औंल्याउनुभयो ।
संघीयताले प्रदान गरेको अधिकारलाई महानगरपालिकाले थप परिस्कृत रुपमा नागरिक तहसम्म कार्यान्वयन गर्नुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।