मुख्य समाचार

तोकिएको समयमै काम सम्पन्न गर्न मन्त्री घिसिङ्गको निर्देशन

- नविन पौडेल नवलपरासी

सरकारको उच्च प्राथमिकतामा रहेका दुबै आयोजनाको काममा ढिला सुस्ती भएको जनगुनासो आएपछि मन्त्री घिसिङ्गले स्थलगत अनुमगान गर्दै ठेकेदार र सरकारी निकायका कर्मचारीलाई अपुग भएको विषय सरकारलाई जानकारी गराउने र काम समयमा नै सक्न निर्देशन दिनुभएको हो ।

२०७६ बैशाख ७ गते प्रधानमन्त्री केपीशर्मा ओलीले तामझाम सहित शिलन्यास गरेको पुर्बी नवलपरासीको नमुना सदरमुकामको काम अहिले सम्म ३५ प्रतिसत मात्र सम्पन्न भएको छ भने बुटवल नारायणगण सडक खण्ड आयोजनाको कामपनि तेस्रो पटक म्याद थप गर्दा समेत सम्पन्न भएको छैन् ।

अनुमगमनका क्रममा पुगेका मन्त्री घिसिङ्गलाई स्थानीयले निमार्णको काम गर्दा स्थानीयलाई असर नपर्ने गरेर मापदण्ड अनुसार काम हुनुपर्ने माग राखेका थिए ।