मुख्य समाचार

सभापतिमा प्रतिस्पर्धा गर्ने महामन्त्री थापाको घोषणा

काठमाडौं

नेपाली कंग्रेसका महामन्त्री गगन थापाले यही पुष अन्तिम साताका लागि निर्धारित महाधिवेशनमा अवरोध सृजना गर्न खोजिए विशेष महाधिवेशनको मुद्धा अघि सार्ने बताउनुभएको छ ।

 महाधिवेशनको विकल्प नभएको भन्दै अवरोध भएमा देशभरबाट विशेष महाधिवेशनका लागि दवाव सृजना गरिने थापाको भनाइ छ । थापाले महाधिवेशनमा सभापति लड्ने र जित्ने दावी गर्नुभयो । सहमतिमा आफू अन्य जिम्मेवारीमा रहन पनि तयार हुने उहाँको भनाइ थियो ।

लामो रस्साकस्सीपछि कंग्रेसले यही पुष २६ देखि २८ गतेसम्म महाधिवेशनको मिति तोकेपनि क्रियाशील सदस्यता लगायत बिषयमा विवाद उत्पन्न भएको छ । त्यही कारणले महाधिवेशन हुनेमा आशंका बढेको कंग्रेस नेताहरुको भनाइ छ ।