सरकार र प्रमुख दलका शीर्ष नेताबीच संवादहीनता तोडियो
काठमाडौंजेन जी आन्दोलनपछि सरकार र प्रमुख राजनीतिक दलबीच शीर्ष तहमा रहँदै आएको संवादहीनता अन्त्य भएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख दलका शीर्षस्थ नेताबीच छलफल हुन नसकिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलको अग्रसरतामा पहिलो पटक संवाद भएको हो ।
राष्ट्रपति निवासमा भएको छलफलका लागि प्रधानमन्त्री कार्की, नेपाली कंग्रेसका सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पुग्नुभएको थियो ।
फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनको माहोल बनाउन शीर्ष तहमा राजनीतिक सम्वाद हुनुपर्ने माग हुँदै आएको थियो । प्रधानमन्त्री कार्कीले दलका दोस्रो तहका नेताहरुसँग पटक पटक छलफल गरेपनि प्रमुख नेतासँग परामर्श हुन सकेको थिएन । मुख्य राजनीतिक शक्तिसँग सरकारको सम्वाद हिनता अन्त्यका लागि राष्ट्रपति पौडेलले अग्रसरता लिनुभएको उहाँको सचिवालयका एक अधिकारीले बताए ।