मुख्य समाचार

जेन जी समूहले पद छोड्न दवाव दिइरहेका छन् : प्रधानमन्त्री कार्की

काठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले आफूहरूलाई जेन–जी समूहले पद छोड्न निरन्तर दवाव दिएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेन–जीका समूहहरुले दिनदिनै सरकार छोड्न भन्दै गालीगलौज गर्ने गरेको बताउनुभयो । 

राजनीतिक दल र विभिन्न समूहबाट गाली र आलोचना खेप्नुपरेकाले आफूहरु पेन्डुलम जस्तै भएको उहाँको भनाइ थियो । उहाँले मुलुक बंगलादेश नहोस् भन्ने चिन्ता व्यक्त गर्दै सबैलाई धैर्यपूर्वक काम गर्न आग्रह गर्नुभयो ।

 प्रधानमन्त्री कार्कीले आफुहरुलाई सन्तुष्टिको अवस्था नरहेको भन्दै उहाँले बताउनुभयो । चुनावको तयारी अघि बढेपनि दल र जेन जी समूहको परस्पर विरोधी धारणा सार्वजनिक भइरहेका छन् ।