निर्वाचनको वातावरण बनाउन सरकारको पहल तीव्र
काठमाडौंसरकारले आगामी निर्वाचनका लागि राजनीतिक माहोल बनाउन पहल अघि बढाएको छ । यसैक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी लगायतबारे प्रमुख दलका शीर्षस्थ नेताहरुसँग छलफल गर्नुभएको छ ।
मन्त्री खरेलले आज एकैदिन कंग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग छुट्टाछुट्टै छलफल गर्नुभएको । ती भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री खरेलले तीनवटै दल निर्वाचनमा जान तयार रहेको दावी गर्नुभएको छ ।
कंग्रेस सभापति शेरवहादुर देउवाले आफूहरु संसद पुर्नस्थापनाको पक्षमा नरहेको बताउनुभएको उहाँको भनाइ थियो । एमाले अध्यक्ष ओलीले भने चुनावका लागि पर्याप्त सुरक्षाको बिषय उठाउनुभएको छ । यसैबीच, नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले कंग्रेस र एमाले पनि चुनावकै पक्षमा आउने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको अग्रसरतामा प्रधानमन्त्री सुशीला कार्की तथा प्रमुख दलका नेताबीच छलफल भएपछि संवादहिनता तोडिएको थियो । त्यसपछि सरकारको तर्फबाट सञ्चारमन्त्री खरेलले शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको हो ।