निर्वाचनमा सहभागी हुने प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रतिबद्दता
काठमाडौंप्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको प्रतिबद्दता व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभयो उहाँले निर्वाचनमा सहभागी भई सफल तुल्याउन आग्रह गर्नुभयो । बैठकपछि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावमा जान तयार भएकाले सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने बताउनुभयो ।
बैठकमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समेत छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो ।
त्यस्तै, सरकारले तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीलाई तोकिएको स्थान हद हटाउने संकेत गरेको छ । चुनावको वातावरण बनाउनको लागि स्थान हद हटाउने सरकार तयार रहेको संकेत सञ्चारमन्त्री खरेलले गर्नुभयो । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।