वैकल्पिक शक्तिबीच एकताका लागि पहल भइरहेको छ : कुलमान घिसिङ
काठमाडौंउज्यालो नेपाल पार्टीका संरक्षक एवम अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले वैकल्पिक शक्तिबीच एकताका लागि पहल भइरहेको बताउनुभएको छ । चुनावअघि एकता सम्भव नभए कार्यगत एकता हुनुपर्ने उहाँको भनाइ छ ।
पोखरामा आयोजित कार्यक्रममा बोल्दै घिसिङले भन्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौंका मेयर बालेन्द्र शाहबीच एकता भएपनि उज्यालो नेपाल पार्टी भने त्यसमा सहभागी नभएपछि घिसिङको आगामी कदमलाई चासोपूर्वक हेरिएको छ ।
मन्त्री घिसिङले नयाँ शक्तिबीचको एकता सम्मानजनक हुनुपर्ने बताउनुभएको छ यसैबीच, उज्यालो नेपाल पार्टी र जनार्दन शर्मा लगायतको दल प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताका लागि छलफल हुन लागेको बताइएको छ ।