अस्थायी मतदाता नामावली संकलन कार्यक्रम स्वीकृत
काठमाडौंनिर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता संकलन सुरु गर्ने भएको छ । अस्थायी मतदाता नामावली संकलन कार्यक्रम स्वीकृत गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने मतदाताको विवरण यही पुस १९ देखि आगामी माघ १८ गतेसम्म सम्बन्धित निकायका कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने लगायत व्यवस्था गरिएको छ ।
संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहका निजामति कर्मचारी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, कारागारमा रहेका थुनुवा र कैदी तथा संवैधानिक निकायका पदाधिकारी अस्थायी मतदाताका लागि समेटिनेछन् ।