मुख्य समाचार

उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकता, कुलमान उपसभापति हुने

काठमाडौं

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता भएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाइ पार्टीमा भित्राएको रास्वापाले आज कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टीलाई समाहित गरेको हो ।

सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी एकता सम्बन्धी सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । 

पार्टी एकता भएसँगै काठमाडौंका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत घिसिङसहितको संयुक्त तस्बिर समेत सार्वजनिक गर्नुभएको छ ।