मुख्य समाचार

फागुन २१ को निर्वाचनका लागि ४ करोड मतपत्र छपाइ हुने

काठमाडौं

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले करिव ४ करोड मतपत्र छपाई गर्ने भएको छ । करिव २ करोड मतदाता भएको र मतपत्र ४ करोड हाराहारी छापिने जनाइएको छ । 

मतपत्र छपाईको जिम्मा भने विगतमा झैं जनक शिक्षा सामग्री केन्द्रलाई दिइने छ । यो संगै मतपत्र छपाईका लागि सबै तयारी पुरा भएको केन्द्रका प्रबन्ध निर्देशक यादवनाथ पौडेलले बताउनुभयो ।

आयोगले निर्वाचनमा प्रयोग हुने मतपेटीका विगतकै प्रयोग गर्ने भएको छ । ७५ हजार मतपेटीका रहेको र यसलाई प्रयोगमा ल्याइने प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।