मुख्य समाचार

निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नु चुनौतीपूर्ण भएको छ : निर्वाचन आयोग

काठमाडौं

आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नु चुनौतीपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त सगुनशमशेर जवराले सामाजिक सञ्जालका माध्यमबाट फैलिने गलत र द्धेषपूर्ण सूचनाले निर्वाचन बिथोलिन सक्ने बताउनुभएको छ ।

 एक अन्तरवार्ताका क्रममा आयुक्त जवराले विदेशमा बस्नेको हकमा विधि र पद्धति आवश्यक रहेको र विदेशमा रहेका नेपालीको मतदान सुनिश्चित गर्ने कानुन नभएको बताउनुभएको छ ।

यस्तै, फागुन २१ गते तोकिएको मितिमा चुनाव हुने र दोस्रो चरणमा गर्ने सम्भावना नरहेको उहांको भनाई छ । निर्वाचनमा सहभागी हुने उम्मेदवारले कालो धन वा बाह्य पैसा प्रयोग गरेको प्रमाण आएमा आयोगले कारवाही प्रक्रिया अघि बढाइहाल्ने उहांको भनाई छ ।

निर्वाचनमा सुरक्षाकर्मीबाहेक करिव २ लाख भन्दा बढी जनशक्ति खटिने जनाइएको छ । यसैविच, आगामी निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम भएका छन् ।