मुख्य समाचार

समानुपातिकको बन्दसूची माथि छानबिन सुरु

काठमाडौं

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ । आयोगका अनुसार आउँदो आइतवारसम्म सो सूचि कानुन बमोजिमकलस्टर अनुसार भए/नभएको लगायत विषय हेरिनेछ ।

त्यसपछि क्लस्टर मिलाउनुपर्ने भएमा सम्बन्धित दलहरुलाई पत्राचार गरिने आयोगले जनाएको छ । निर्धारित तालिका अनुसार दलहरुले पुस २७ गतेसम्म सूचि संशोधन गर्न पाउनेछन् ।

त्यस्तै, बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । निर्वाचन आयोगले सबै प्रक्रिया पुरा गरी उम्मेदवारको बन्दसूचीको अन्तिम नामावली माघ २० गते सार्वजनिक गर्नेछ ।