मुख्य समाचार

जाजरकोटमा जिप दुर्घटना २ को मृत्यु,४ घाइते

वीरेन्द्रनगर

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । आज बिहान ११ बजेतिर छेडागाड नगरपालिका– ८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा सो घटना भएको हो । 

डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १ सय ५० मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

मृत्यु हुनेमा छेडागाड – ९ पजारु बस्ने ७० वर्षिया नन्दकला अधिकारी, सोहि ठाउँ बस्ने २८ वर्षीया राजु अधिकारी रहेको प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधिरकुमार खड्काले बताउनुभयो । घाइतेलाई उपचारको लागि नगर अस्पताल पठाइएको छ ।