मुख्य समाचार

दुई साता नपुग्दै रास्वपा र उज्यालो नेपालबीचको एकता भंग

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएको छ । पार्टीमा पदाधिकारी चयन लगायत बिषयमा देखिएको विवाद मिल्न नसकेपछि उज्यालो नेपाल पार्टी रास्वपाबाट अलग भएको छ । 

एकता भंग भएपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ । निर्वाचन आयोगमा अध्यक्ष अनुप उपाध्यायको नाममा पार्टी दर्ता भएको थियो । घिसिङले रास्वपाको उपसभापति बनेर आगामी चुनावमा जाने तयारी गर्नुभएको थियो । यद्यपी, रास्वपासँग सहमति भाँडिएपछि घिसिङलाई उज्यालो नेपाल पार्टीले अध्यक्ष बनाएको हो ।

घिसिङले गत पुस १४ मा भएको सहमतिविपरीत माग राखेपछि एकता कायम रहन नसकेको रास्वपाका नेताहरुले बताएका छन् । मन्त्रीबाट राजिनामा दिएको केही दिनपछि घिसिङले उज्यालो नेपाल पार्टीलाई निरन्तरता दिनुभएको हो ।

पार्टीमा जिम्मेवारी बाँडफाँड र राजनीतिक विचारमा सहमति नभएको भन्दै घिसिङले रास्वापासँगको सहकार्य तोड्नुभएको बताइएको छ । घिसिङ रास्वपाबाट अलग भएपनि को को नेता त्यसबाट बाहिरिए भन्ने खुलेको छैन ।