मुख्य समाचार

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच सहमति जुट्न सकेन, कांग्रेस बैठक भोलि बिहान ८ बजे बस्ने

काठमाडौं

 विशेष महाधिवेशन पक्षधर नेता र संस्थापन पक्षबीच सहमतिका लागि विभिन्न तहमा छलफल भइरहेको नेताहरुले बताएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसेको चार सदस्यीय कार्यदल बनाएर छलफल गरेपनि सहमति बन्न नसकेको हो ।

 महामन्त्रीद्धयले विशेष महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रमको स्वामित्व समग्र पार्टीले लिनुपर्ने, २९ असोजको केन्द्रीय कार्यसमिति बैठकमा आफैंले घोषणा गरेजस्तै देउवा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुनुपर्ने, निर्वाचन आयोगमा उम्मेदवारले बुझाउने टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने लगायत माग अघि सारेका छन् ।

 उनीहरुले आगामी निर्वाचनमा अन्य कुनै पनि दलसंँग गठबन्धन नगर्ने नीतिमा पनि अडान लिएका छन् । विशेष महाधिवेशन पक्षधरसँग सहमति हुन नसक्दा संस्थापन पक्ष पनि अन्योल देखिएको छ ।

 देउवा निवासमा छलफल भएपनि आगामी रणनीतिबारे टुंगो लागेको छैन । यस्तै,केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । सानेपामा साढे ७ बजे बसेको बैठक उपसभापति धनराज गुरुङले करिब १ मिनेट बोल्नासाथ स्थगित गरिएको हो ।  बैठक फेरि भोलि बिहान ८ बजे बस्नेगरी बोलाइएको छ