मुख्य समाचार

कांग्रेस विभाजित हुनु ठिक नभएको ओलीको भनाइ

काठमाडौं

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसको आन्तरिक बिषयमा प्रवेश गर्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । 

कंग्रेसको विशेष महाधिवेशनबारे ओलीले टिप्पणी गर्नुभएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले मुलुक संकटमा भएका बेला कांग्रेस विभाजित हुनु ठिक नभएको बताउनुभएको हो । 

कंग्रेसमा आधिकारिकताका लागि दुई पक्षबीच हानाथाप चलिरहेका बेला एमाले अध्यक्ष ओलीको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।