मुख्य समाचार

कांग्रेस विभाजनले चुनाव नरोकिने दाहालको भनाइ

काठमाडौं

नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले फागुन २१ मा निर्वाचन हुने विषयमा दुबिधा नराख्न अपिल गर्नुभएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा आयोजित एक कार्यक्रममा संयोजक दाहालले कांग्रेसको विषयले निर्वाचन प्रक्रिया नरोकिने भएकोले आधिकारिकताको विवादबारे निरुपण हुने र चुनावी प्रक्रिया अघि बढ्ने दाबी गर्नुभयो । 

निर्वाचन विना अर्को विकल्प नभएको भन्दै संयोजक दाहालले अन्य विकल्प असहज भएकाले दुर्घटना निम्त्याउने सक्ने दाबी गर्नुभयो । उहाँले समाजमा त्याग, विचार, सिद्धान्त नचाहिने तर सामाजिक सञ्जालमा स्टन्ट गरेर भ्रमित गर्ने चलन बढेको टिप्पणी समेत गर्नुभयो ।