मुख्य समाचार

पार्टी एकता कायम राख्न नेपाली कांग्रेसको आग्रह

काठमाडौं

सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी एकता कायम राख्न अपिल गरेको छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि काठमाडौंका एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकताको पक्षमा आव्हान गर्ने निर्णय गरेको हो । 

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले पार्टीका अगाडि चुनौतीका पहाड रहेकाले एकतामा जोड दिने निर्णय भएको बताउनुभयो । बैठकले निवर्तमान केन्द्रीय सदस्यलाई पनि पार्टीलाई बलियो बनाउने भूमिकामा खेल्न आग्रह गरेको छ ।

कंग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिका रहन आग्रह गरेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो । प्रतिनिधिसभा निर्वाचन उम्मेदवारी दर्ताको समय नजिक आएकाले आफूहरू उम्मेदवार चयनको प्रक्रियामा लागेको उहाँको भनाइ छ ।