निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने देउवा पक्षको निर्णय
काठमाडौंशेरवहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक उपचारका लागि अघि बढ्ने निर्णय गरेको छ ।
ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा बसेको सो पक्षको बैठकले आधिकारिकताबारे आयोगको निर्णयप्रति आपत्ति जनाएको हो ।
बैठकपछि नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयविरुद्ध राजनीतिक रुपमा समेत प्रतिवाद गरेर जाने निर्णय भएको जानकारी दिनुभयो ।
आयोगको निर्णय संविधान र कानून विपरित भएको महतको भनाइ छ । बैठकमा पूर्णवहादुर खड्का, शेखर कोइराला, रमेश लेखक, कृष्ण सिटौला, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की लगायत नेता सहभागी थिए ।