मुख्य समाचार

बालेन्द्र शाहको कामप्रति महानगरद्वारा प्रशंसा

बालेन्द्र शाहले राजिनामा दिएपछि काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयरको जिम्मेवारी सुनिता डंगोलले लिनुभएको छ । शाहले आफ्ना सचिवालयका सदस्यमार्फत् उपमेयर डंगोललाई राजिनामा बुझाउनुभएको थियो । 

डंगोलले आजै बसेको महानगरको कार्यपालिका बैठकमा शाहको राजिनामाबारे जानकारी गराउनुभएको छ । काठमाडौं महानगरपालिकाले मेयर हुँदा शाहले गरेको योगदानका लागि आभार प्रकट गरेको छ । 

आफ्नो कार्यकालमा शाहले सुशासन र महानगरपालिकाको विकासका लागि गरेका सकारात्मक कामका लागि धन्यवाद व्यक्त गरिएको कार्यवाहक मेयर डंगोलले बताउनुभयो । महानगरपालिकाले शाहलाई आगामी दिनका लागि शुभकामना समेत दिएको छ ।