मुख्य समाचार

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिनुभयो राजीनामा

काठमाडौं

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबाट अर्का एक मन्त्रीले राजिनामा दिएका छन् । आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीसहित युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिनुभएको छ । 

गुप्ता अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचार क्रममा जनकपुरमा हुनुहुन्छ । गुप्ताले रास्वपाको तर्फबाट मधेसको कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारी गरेको बताइएको छ । 

यसअघि कुलमान घिसिङले मन्त्रीबाट राजिनामा दिदै चुनावी अभियानमा हुनुहुन्छ । उज्यालो नेपाल पार्टीको नेतृत्व गर्दै घिसिङले चुनाव लड्न लाग्नुभएको हो ।