काठमाडौंका १० वटा क्षेत्रमा २ सय ५७ जनाको उम्मेद्वारी
काठमाडौंकाठमाडौंका १० वटा क्षेत्रमा सबै जसो दलले उम्मेदवारी दिएका छन् । ती क्षेत्रमा कुल २ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार संघीय राजधानीका यी क्षेत्रहरूमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
काठमाडौं क्षेत्र नम्बर १ बाट रास्वपाकी रञ्जु दर्शना, कांग्रेसका प्रवल थापा, एमालेका मोहन रेग्मी ,नेकपाकी मेनका भण्डारी र राप्रपाका रविन्द्र मिश्रले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, काठमाडौं क्षेत्र नम्बर २ बाट कांग्रेसका कविर शर्मा, एमालेका मणिराम फुयाल, नेकपाका नितेश पौडेल, रास्वपाका सुनिल केसी र राप्रपाका कुन्ती देवी पोखरेलले मनोनयन दर्ता गराउनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर ३ मा राप्रपाका डा सुन्दर सिंह बोहोरा, कांग्रेसका रमेश अर्याल, नेकपाका निरज लामा र एमालेका रामेश्वर फुयालले मनोनयन दर्ता गराउनुभएको छ । गगन थापा उठ्दै आएको काठमाडौं ४ मा कांग्रेसबाट सचिन तिमल्सिनाले उम्मेदवारी दिनुभएको छ । रास्वपाका पुकार बम र एमालेका राजन भट्टराइले पनि काठमाडौं क्षेत्र नम्बर ४ बाटै उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, काठमाडौं ६ बाट एमालेका अमनकुमार मास्के, कंग्रेसका सबुज बानिया र रास्वपाका शिशिर खनालले मनोनयन दर्ता गराउनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर ७ बाट रास्वपाका गणेश पराजुली, राप्रपाका लालकुमार लामा, कांग्रेसका प्रमोदहरी गुरागाई, नेकपाका वसन्त प्रसाद मानन्धरले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ८ बाट राप्रपाका नविन शाही, कांग्रेसबाट सपना राजभण्डारी, रास्वपाका विराजभक्त श्रेष्ठ,नेकपाका तर्फबाट सुमन सायमी र एमालेबाट राजेश शाक्यले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै, काठमाडौं क्षेत्र नम्बर ९ बाट एमालेका तर्फबाट अजयक्रान्ति शाक्य, रास्वपाका डिपी अर्याल, नेकपाबाट राधाकृष्ण महर्जन, कांग्रेसका तर्फबाट नानु बास्तोला र राप्रपाबाट दिलिप कुमार कार्कीले मनोनयन दर्ता गराउनु भएको छ ।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १० बाट एमालेका विनोद श्रेष्ठ, नेकपाका रुपा महर्जन, कांग्रेका तर्फबाट हिमाल कार्की, रास्वपाका तर्फबाट प्रदीप विष्ट र राप्रपाका तर्फबाट बलराम थापाले उम्मदेवारी दर्ता गराउनुभएको छ । काठमाडौंका यी क्षेत्रहरूमा दलीय उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि उल्लेख्य रहेको निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारी दर्तासँगै राजधानीमा चुनावी सरगर्मी बढेको छ ।