मुख्य समाचार

निर्वाचन प्रहरीलाई माघ २५ गतेदेखि परिचालन गर्ने तयारी

काठमाडौं

प्रतिनिधिसभा चुनावका लागि भर्ना हुने निर्वाचन प्रहरीलाई माघ २५ गतेदेखि फिल्डमा खटाइने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मातहत परिचालन हुने गरी छनौट हुन लागेका निर्वाचन प्रहरीलाई माघ १५ मा नियुक्ति पत्र दिएर १० दिनसम्म आधारभूत तालिम दिएपछि तोकिएको कार्यक्षेत्रमा खटाउन लागिएको हो ।

 निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ८८ हजार जनशक्ति चुनावी सुरक्षामा खटिँदैछन् । यसबाहेक नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० गरी कूल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी चुनावी सुरक्षामा तैनाथ गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ ।

 नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार देशभर निर्वाचन प्रहरी छनौट कार्य चलिरहेकाले केही दिनभित्रै तोकिएको कोटामा जनशक्ति छनौट हुनेछन् ।