मुख्य समाचार

१ करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको छ : आयोग

काठमाडौं

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको १ करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । 

अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ । समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ । 

मनोनयन पत्र दर्ता प्रयोजनका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्याइएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ३ हजार ४ सय ६ जना उम्मेदवारको नामावली आयोगले सार्वजनिक गरेको छ । 

आयोगले हिजो नै निर्वाचन चिन्हसमेत प्रदान गरेको छ । सो पश्चात उम्मेदवारहरु घरदैलो अभियानमा छन् ।