मुख्य समाचार

चुनावमा सहभागी हुनुपर्ने अझै भन्न सकिन्न : ओली

काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने अझै भन्न नसकिने अवस्था रहेको टिप्पणी गर्नुभएको छ । 

आसन्न निर्वाचनको सन्र्दभमा झापाबाट फर्किनुभएका एमाले अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नु भएको हो । पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूमाथि सरकारले अपमान गरेको आरोप लगाउनुभयो । 

विमानस्थलमा आफूमाथि अपमानित व्यवहार गरिएको उहाँको भनाई थियो । यस्तै, अध्यक्ष ओलीले नयाँ पार्टीहरुको कुनै गन्तव्य नभएको टिप्पणी गर्नुभएको छ । उहाँले नयाँ भन्नेहरुले आफ्नो चरित्र हत्या गरेको समेत आरोप लगाउनुभयो । 

अध्यक्ष ओलीले देशलाई फेरि पनि सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएको पनि बताउनु भयो ।