मुख्य समाचार

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने तयारी

काठमाडौं

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने तयारी गरेको छ । विभिन्न स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गर्न नसकिने चेतावनी दिइरहेका बेला सरकारले आफ्नो तयारी अघि बढाएको हो । 

बीमाको विषयमा सेवाग्राही र सेवा प्रदायक सचेत बन्नुपर्ने स्वास्थ्य मन्त्री सुधा शर्मा गौतमले बताउनुभयो । आफ्नो कार्यकाल शुरु भए यता भए गरेका कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री गौतमले ३ हजार ५ सय रुपैयाँमा उपलब्ध हुने बीमा सुविधामा अनावश्यक खर्च भइरहेको बताउनुभयो ।

बीमा गरेकाहरुको नाममा अन्य अनधिकृत व्यक्तिले बीमाबाट प्राप्त हुने सेवा लिएको विषय आफ्नो जानकारीमा आएको बताउँदै मन्त्री गौतमले सो बारे जानकारी दिने व्यवस्था मिलाउन निर्देशन दिनुभयोे ।

केहि ठूला अस्पतालहरुले समेत लामो समय देखि बीमा मार्फत् भएको उपचारको भुक्तानी नपाएको भन्दै सेवालाई निरन्तरता दिन नसकिने बताउँदै आएका छन् । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम मार्फत एक वर्षका लागि मान्य हुने गरि १ लाख रुपैयाँ सम्मको औषधी उपचारको व्ववस्था मिलाइएको छ ।