मुख्य समाचार

सहिद दिवस विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदैछ ।

 प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म विभिन्न शहीदको सम्झनामा सहिद सप्ताह मनाई, १६ गतेका दिन विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइन्छ । जहानीयाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जिवनको आहुती गरेका सपूतहरुको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । 

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो । सहिद दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।