मतपत्रको नमूना सार्वजनिक
काठमाडौंनिर्वाचन आयोगले विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।
उमेदवारको संख्याका आधारमा मतपत्रको नमूना तयार पारिएको आयोगले जनाएको छ । उमेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उमेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ ।
सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौंमा उमेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुने भएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र सम्बन्धित मतदान केन्द्रमा पु¥याउने काम पनि सुरु भएको आयोगले जनाएको छ ।