संसद पुनःस्थापना सम्बन्धी फैसला सर्वोच्चले अविलम्ब गरोस् : ओली
काठमाडौंनेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना वा निर्वाचन सम्बन्धी फैसला अविलम्ब गर्न सर्वोच्च अदालतलाई आग्रह गर्नुभएको छ। नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा अध्यक्ष ओलीले संसद पुनस्थापनाको फैसला शीघ्र गर्न आग्रह गर्नुभएको हो ।
उहाँले राजनीतिक दल र संसद्का अधिकांश सांसदहरूले सर्वोच्च अदालतमा असंवैधानिक कार्यविरूद्ध निवेदन दिएको सन्दर्भ जोड्दै अदालतलाई मौन बस्न नमिल्ने बताउनुभयो ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै उद्देश्य र विचारविहीन पार्टी भन्दै देश बिगार्न मात्रै जान्ने आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले सरकारको काम स्वतन्त्र, निष्पक्ष, धाँदलीरहित निर्वाचन गर्नेतर्फ हुनुपर्ने बताउनुभयो । सरकार तटस्थ रहेर स्वच्छ निर्वाचन गराउनुपर्ने उहाँले बताउनुभयो ।