मुख्य समाचार

आवश्यकता अनुसार चुनावमा तालमेल हुन सक्ने छ : उपाध्यक्ष गुरुङ

काठमाडौं

एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आवश्यकता अनुसार चुनावमा तालमेल हुन सक्ने बताउनुभएको छ । विशेष महाधिवेशनपछि कंग्रेससँग गठबन्धनको सम्भावना नभएको भन्दै गुरुङले केही स्थानमा चुनावी सहकार्य हुन सक्ने बताउनुभएको हो । 

प्रेस चौतारीको कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले  पुराना पार्टीको औचित्य सकिएको भन्ने भाष्य बनाउन खोजिएको बताउनुभयो । लोकतन्त्र र संविधानमाथि आक्रमण भएको उहाँको भनाइ थियो । उपाध्यक्ष गुरुङले झापा ५ मा एमाले अध्यक्ष केपी ओलीले जित हासिल गर्ने दावी समेत गर्नुभयो ।