सुनिल थापाको निधनसँगै चलचित्र जगतले दरिलो खम्बा गुमायो : प्रधानमन्त्री कार्की
काठमाडौंसिने क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति प्रधानमन्त्री सुशीला कार्कीले शोक व्यक्त गर्नुभएको छ । आज एक शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्कीले थापाको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्नुभएको छ ।
थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उहाँको भनाइ छ । प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा खलनायक र सहनायकको उम्दा भूमिकाबाट करोडौंका मन जित्न सफल भएको उल्लेख गर्नुभएको छ ।
कलाकार थापाका हरेक चरित्र दर्शकका स्मृतिमा सदैव जीवित रहने भन्दै उहाँले चार दशकभन्दा बढी समयको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने उनले वक्तव्यमा उल्लेख गरेकी छन् ।