जेनजी आन्दोलन : जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप
काठमाडौंगत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधिश गौरी बहादुर कार्की नेतृत्वको आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्री परिषद्ले गरेको निर्णयबारे जानकारी दिँदै गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो ।
यसअघि प्रतिवेदन बुझाउने गृहकार्यमा लागेको भनिएपनि आयोगले अब फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै अध्ययन प्रतिवेदन बुझाउने भएको छ । गत असोज ५ गते गठन भएको कार्की नेतृत्वको आयोगलाई शुरुमा ३ महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो ।