मुख्य समाचार

जेनजी आन्दोलनमा भएको मानवीय क्षतिमा अनावश्यक आरोप लगाइयो : ओली

काठमाडौं

एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिलाई लिएर आफूमाथि अनावश्यक आरोप लगाइएको बताउनुभएको छ । गृहजिल्ला झापाको गौरीगञ्जमा आयोजित चुनावी कार्यक्रममा बोल्दै ओलीले बच्चा मारिएको घटनाबारे अपराधिक व्यक्तिले आफूलाई दोष लगाएको बताउनुभएको हो । 

आफूले प्रधानमन्त्रीबाट राजिनामा गरेपछि ५४ जनाको मृत्यु भएको भन्दै ओलीले विध्वश मच्चाउने समूहले गोली चल्ने वातावरण बनाएको बताउनुभयो । आफूले गोली चलाउन आदेश नदिएको उहाँको भनाइ छ ।

झापा ५ बाट चुनावी प्रतिस्पर्धा गर्न लागेका एमाले अध्यक्ष ओली केही दिनदेखि मतदातामाझ पुगिरहनुभएको छ ।