मुख्य समाचार

काठमाडौंबाट ओखलढुङ्गाको पोल्थली जांदै गरेको बस दुर्घटना ९ को मुत्यु

काठमाडौं

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने स्थानमा यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । 

काठमाडौंबाट ओखलढुङ्गा पोल्थली  जांदै गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशी नदीमा खसेको हो । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म ९ जनाको शव बसबाट निकालिएको छ । १० जना भन्दा बढीलाई उद्दार गरि उपचारका लागि अस्पताल पठाइएको छ । 

स्थानीय, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरुको उद्धार कार्य भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।