हिमाली क्षेत्रमा पनि फागुन २१ मै निर्वाचन हुने प्रधानमन्त्री कार्की भनाइ
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुने बताउनुभएको छ । उच्च हिमाली क्षेत्रको अवस्था बुझ्न आज सोलुखुम्बुको नाम्चे र सल्लेरी क्षेत्रमा पुगेकी प्रधानमन्त्री कार्कीले फागुन २१ मा सबै क्षेत्रमा एकै चरणमा निर्वाचन हुने बताउनुभएको हो ।
सञ्चारकर्मीसँग प्रधानमन्त्री कार्कीले चुनावमा शंका नगर्न आग्रह गर्नुभयो । उहाँले सुरक्षाको दृष्टिकोणले समेत त्यसको प्रत्याभूति दिलाउन सरकार तयार रहेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले चुनाव सफल पार्न सरकारको सिंगो ध्यान गएकाले ढुक्कले मतदान गर्न अपिल गर्नुभयो ।
यसअघि प्रधानमन्त्री कार्कीसँगको भेटमा प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डेले अहिलेसम्मको अवस्था हेर्दा फागुन २१ को निर्वाचन गराउन समस्या नहुने ब्रिफिङ गर्नुभएको थियो । १ सय २३ मतदानस्थल रहेको सोलुखुम्बुमा सातवटा मतदान स्थल हिमाली क्षेत्रमा छन् ।