मुख्य समाचार

आगामी निर्वाचनका लागि पार्टी एकतावद्द छ : कांग्रेस

काठमाडौं

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि पार्टी एकतावद्द भएको दावी गरेको छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि हुन लागेको निर्वाचनमा तत्कालिन सभापति शेरवहादुर देउवा पक्षीय कतिपय नेताहरु सक्रिय नभएको चर्चाबीच कांग्रेसले पार्टीको सबै पक्षमा चुनावमा लागेको बताएको हो । 

आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रवक्ता चालिसेले कांग्रेस मुलुकको भरपर्दो शक्ति भएकाले त्यसै अनुसार चुनावमा सहभागी हुने बताउनुभयो  ।अघिल्लो निर्वाचनमा वामपन्थी दलसँग गठबन्धन गरेको कंग्रेस यो पटक एक्लै प्रतिस्पर्धा गर्दैछ ।